
काठमाडौं, १ मंसिर । २०७२ सालको भूकम्पले ध्वस्त बनाएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर ५ वर्षपछि आज खुला भएको छ ।
यो मन्दिर वर्षमा एकदिन मात्रै खुला हुने गर्छ । तर, भूकम्पपछि भने ५ वर्षसम्म खुल्न सकेन । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन छ ।
भूकम्पले मन्दिरमा क्षति पुगेपछि बन्द थियो । मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीबाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो ।
कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था मिलाइएको छ । भीड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयंसेवक समेत परिचालन गरेको छ । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि २ गते पनि मन्दिर खुला हुने बताइएको छ ।















प्रतिक्रिया