
दमक, १ मंसिर । झापा जिल्लामा मैनबत्तीबाट आगो सल्केर घरमा आगलागी हुँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ ।
आइतबार राति कमल गाउँपालिका– २ थापागाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो ।
आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।
आगो निभाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका छन ।











प्रतिक्रिया