६ मंसिर २०८३, आइतबार

पाल्पामा आगलागी हुँदा किराना पसल जल्यो, चार लाखको क्षति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

तानसेन, १ मंसिर । पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका– ४ स्थित लक्ष्मी थापाको घरमा आगलागी भएको छ ।

मंसिर १ गते बिहान साढे २ बजेको विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

‘लक्ष्मी थापाको दुई तले पक्की घर र सोही घरसंग टाँसिएको उनको तीन तले जस्तापाताले छाएको कच्ची घरमा आगोलागी हुँदा पक्की घरमा बस्ने बसन्तबहादुर थापाको किनारा पसलमा समेत आगोलागी भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आगलागीबाट अन्दाजी चार लाखको क्षति भएको छ ।’

स्थानीय र प्रहरीको प्रयासमा सोमबार बिहान ५ बजे आगो पूर्णरुपमा नियन्त्रण भएको छ ।