६ मंसिर २०८३, आइतबार

एपोलो पेन्ट्सको ९७ लाख चोरी गर्ने आफ्नै सुरक्षा गार्ड

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १ मंसिर । चितवनमा प्रहरीले ९७ लाख चोरी गर्ने सुरक्षा गार्डलाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–९ काँडाघारीमा रहेको एपोलो पेन्ट्स प्रालिको कार्यालयमा रहेको ९७ लाख रुपियाँ सुरक्षागार्ड कविराज थापाले चोरी गरेको प्रहरीले जनाएको छ । ४० वर्षीय कविराज थापा चितवनकै कालिका नगरपालिका–६ का निवासी हुन् ।

सुरक्षा गार्ड थापालाई उनकै क्वार्टरको खाटमुनि झोलाभित्र रहेको र नजिकै झाडीमा लुकाइएको नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।

प्रहरीले खाटमुनि ४० लाख र फ्याक्ट्रीको भवन नजिकै रहेको झाडीमा ५७ लाख रुपियाँ फेला परेको जनाएको छ ।

सुरक्षा गार्ड कविराज थापाले लकरबाट पैसा चोरी गर्न हेक्सा व्लेड, फलामको रडबाट बनेको खुपी, बोरा र झोला प्रयोग गरेका थिए ।