
काठमाडौं, ३० कात्तिक । डिजिटल बैंकिङको अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्यले नबिल बैंकले निर्माण गरेको एउटा सन्देशमुलक ‘तिहार भिडियो’ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
समयसापेक्ष र ग्राहकमैत्री सेवा प्रदान गर्न अग्रणी नबिल बैंक सामाजिक उत्तरदायित्व बहन गर्न पनि अग्रणी बनेको छ । पछिल्लो समय नेपालीहरूको महान चाड तिहारलाई लक्षित गरी बैंकले निर्माण गरेको ‘तिहार भिडियो’ले सो कुराको पुष्टि समेत गरेको छ ।
विश्वव्यापी कोरोना भाइरसको महामारीले अस्तव्यस्त बनेको नेपाली चाडपर्वलाई वैकल्पिक रूपमा सुरक्षित र खुशीसाथ मनाउन सकिन्छ भन्ने सन्देश प्रवाह गर्न तथा डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको उक्त सन्देशमुलक भिडियो सामाजिक सञ्जालमा अत्यन्तै रुचाइएको हो ।
चार दिनअघि सार्वजनिक गरिएको उक्त भिडियोलाई अहिलेसम्म विभिन्न माध्यममार्फत लाखौं व्यक्तिले हेरेका छन् । यो समाचार तयार पार्दासम्म फेसबुकमा मात्रै २६ लाख पटक उक्त भिडियोलाई हेरेका छन् । यस्तै १ हजार ७०० भन्दा बढी प्रतिक्रिया आएको छ भने २१ हजार भन्दा धेरै पटक शेयर गरिएको छ ।
यस्तै युट्यूवमा ३६ हजार भन्दा बढी पटक उक्त भिडियो हेरेका छन् भने इन्ष्टाग्राम, ट्विटर र लिंक्डइनमा पनि भिडियोलाई अत्यधिक रुचाइएको छ । भिडियोको प्रस्तुतिले आम दर्शकलाई अत्यधिक आकर्षण गरेको बैंकको भनाइ छ ।
कोरोना भाइरस संक्रमणको त्रासका बीच सुरक्षित तरिकाले तिहार मनाउने र प्रतिकुल परिस्थितिमा पनि सहज रूपमा डिजिटल माध्यमबाट बैंकिङ गतिविधि गर्न प्रोत्साहित गर्नु भिडियोको मुख्य उद्देश्य देखिन्छ ।
भिडियोमा भाइटीकाका लागि आफ्नो दाजु आउँदै गरेको, बहिनीले टीकाको सम्पूर्ण तयारी गरेको र अन्तिममा आफ्नो साथीलाई कोभिड–१९ पोजेटिभ भएकाले टीका लगाउन दाजु आउन नपाएको विषयवस्तुलाई प्रस्तुत गरिएको छ । उक्त आकस्मिक परिस्थितिका बीच पनि कसरी भाइटीका लगाउन सकिन्छ भन्ने उत्कृष्ट सन्देश भिडियोले प्रदान गरेको छ ।
साथै दाजुले आफ्नी बहिनीलाई सम्झनास्वरूप बिगतका भाइटीकाको सन्दर्भमा कैद गरिएको तस्वीर उपहार पठाएको देख्न सकिन्छ । जुन विषयवस्तु र प्रस्तुती हेर्ने जो कोहीको पनि आँखा रसाउँछ ।
नबिल बैंकले यसअघि पनि दशैंमा सुरक्षित तवरले दशैं मनाऔं भन्ने सन्देश प्रवाह गर्न यस्तै सन्देशमुलक भिडियो निर्माण गरी सार्वजनिक गरेको थियो । जुन भिडियोलाई विभिन्न माध्यममार्फत १३ लाख व्यक्तिले हेरेको बैंकले बताएको छ ।
तिहार भिडियो–
………………………………………………………………………………………………………………………………………………………………………
दशैं भिडियो–















प्रतिक्रिया