– घनश्याम पौडेल
अर्घाखाँची, १० चैत । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सोमबारदेखि नगरबस सेवा सूचारु भएको छ । नगर क्षेत्रका वासिन्दालाई छिटो छरितो सेवा दिलाउन नगरबस सेवा सूचारु गरिएको हो ।
सन्धिखर्क नगरपालिका अन्तर्गत शान्तिबगैचामा एक भव्य समारोहकाबीच सोमबार नगरबसको उद्घाटन गरिएको हो ।
सन्धिखर्कमा नगरबस भित्रीसकेपछी स्थानियमा खुसियाली छाएको छ । नजिकका यात्रुबाट कम भाडा उठने भएपछि लामो दुरीका तथा गाउँ गाउँ जाने जिप तथा बसले यात्रु नबोकेपछी सन्धिखर्क आसपासका जनता पैदल हिडन बाध्य भएका थिए ।
पश्चिम नेपाल बस व्यवसायी समितिले सन्धिखर्क नगरपालिकामा सात ओटा नगर वस सञ्चालनमा ल्याएको छ ।
पश्चिम नेपाल बस व्यवसायी संघ प्रधान कार्यालय वुटवलले सोमबार सन्धिखर्कमा गरेको नगरबस उद्घाटन समारोहमा सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाले वसको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन समारोहमा वोल्दै कार्यकारी अधिकृत सापकोटाले वस सञ्चालनमा आएपछि नगर क्षेत्रका नागरिकले निकै राहतको महसुस गर्ने बताए । नगरवसहरुले नगरपालिकाको विकासमा ठूला टेवा पुर्याउने विश्वास लिएका छौं उनले भने, बस सञ्चालनमा आएपछि यात्रुहरुले छिटो, छरितो र सस्तो यात्रा गर्न पाउँछन ।
उनले नगरपालिका भित्र सडक गुरुयोजना तयार गरेर काम अगाडी बढाउने बताए । बस तथा जीपका पार्कलाई आधुनिक र सुविधा युक्त बनाउने तयारी रहेको उनले बताए ।
पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सन्धिखर्कमा नगर बस सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । यात्रुलाई सहज सुविधा पुर्याउन हामीले कुनै कसुर बाँकी राख्दैनौं, उनले भने, म ढुक्कसँग यात्रा गर्न सबैमा आग्रह गर्छु ।
उनले यातयात व्यवसायीले र सरकारसँग भएका सम्झौता पूर्ण रुपमा कार्यान्वयन भएको बताए । वैज्ञानिक भाडा दर लागू नभएको भन्ने कुरा उठेको छ उनले भने, हामी वैज्ञानिक भाडा दर लागू गरेका छौं । उनले पत्रकारलाई भाडामा छुटको व्यवस्था गर्न लागेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव लोकेन्द्र विक, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रामचन्द्र पोख्रेल, एमाओवादीका जिल्ला सदस्य चन्द्र बहादुर खड्का, राष्ट्रिय जनमोर्चाका लुम्बिनी-राप्ती इन्चार्ज शेरबहादुर बिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवी बहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर गेलाङ्ग, नेकपा-माओवादीका जिल्ला सेक्रेटरी दुर्गाप्रसाद अधिकारी, रेडियो देउरालीका अध्यक्ष देवराज श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, देउराली यातयात व्यवसायीका अध्यक्ष योगेन्द्र खड्का, सुरक्षित यातयात व्यवसायी समितिका नारायण प्रसाद अधिकारी पश्चिम नेपाल बस व्यवसायी समितिका महासचिव जीवन कुमार वञ्जाडेले बोलेका थिए ।
सदरमुकासँग नजिकै गाभिएर रहेका सात वटा गाविस नगरपालिकामा परिणत भएका थिए । साविकका सन्धिखर्क, किमडाँडा, अर्घा, डिभर्ना वाङ्गला, खाँचीकोट, नरपानी गाविस हाल नगरपालिकामा परिणत भएका छन् ।
जिल्ला सदरमुकाम सन्धिखर्कबाट ग्रामिण क्षेत्रमा छुट्ने लामो दुरीका सवारी साधनले टाढाका यात्रुलाई प्राथमिकतामा राख्न नगर क्षेत्रका बासिन्दाले सहन यात्रा गर्न पाएका थिएनन् ।
नगर क्षेत्रलाई मात्र लक्षित गरी नगर वस सञ्चालनमा ल्याएपछि नगरबासीमा खुसीयाली छाएको छ ।















प्रतिक्रिया