२ कार्तिक २०८३, सोमबार

चक्कु प्रहार गरी बुटवलमा छोराको हत्या

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३० कात्तिक । बुटवलमा ४३ वर्षीय बुबाले आफ्नै १९ वर्षीय छोराको चक्कु प्रहार गरी हत्या गरेका छन् ।

तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहार गर्दा उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेपछि सम्झाउन आएका छोरामाथि शेरबहादुरले चक्कु प्रहार गरेको प्रहरीको भनाइ छ ।

छोराको हत्या गर्ने शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताइएको छ ।