३० आश्विन २०८३, शुक्रबार

मध्यपहाडी लोकमार्ग तुम्लीङ्टार, दिङ्ला हुँदै ट्याम्के जोड्न सहमत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhya-pahadi-lokmarga– योगी योगेन्द्र
संखुवासभा, १० चैत । काठमाडौं जोड्ने मध्यपहाडी लोकमार्गको बैकल्पीक बाटोका रुपमा तुम्लीङ्टार लम्छुवा घाट हुदै ट्याम्के जोड्ने गरी अगाडी बढाउन संखुवासभा र भोजपुरका नेताहरु सहमत भएका छन् ।

मध्यपहाडी लोकमार्गका रुपमा हाल सरकारले धनकुटाको लेगुवाबाट भोजपुर जोडिएको बाटोलाई प्रार्थ्मिकता दिएपछि संखुवासभा, खोटाङ् र भोजपुरका हजारौं नागरीकले बैकल्पीक बाटोको खोजीगर्न दवाब दिएपछि छोटो दुरी पर्ने भन्दै संखुवासभाको तुम्लीङटार लम्सुवा घाट हुदै ट्याम्के जोड्ने बाटोको खोजिमा सहकार्य नेताहरुले बताए ।

सडकको ट्राक खोलिसकीएको भएता पनि अरुण नदीको लम्सुवा घाटमा अलपत्र परेको पुलले गतिलिन नसकेपछि थप समस्या भएको नेताहरु बताछन् ।

संखुवासभाका सभासद् तारामान गुरुङ्ले लेगुवाबाट भोजपुर घुमेर काठमाडौं जान कयौं घण्टा लाग्ने र घुमाउरो पर्ने भन्दै नागरिकलाई फाईदा हुने बैकल्पिक बाटोलाई पनि सोच्नु पर्नेमा जोड दिए ।

सभासद् गुरुङ्ले प्रमुख बाटो राज्यले तोकेको भएपनि बैकल्पीक बाटोको खोजिगरी अगाडि बढ्न सरकारलाई आग्रह समेत गरे ।

उनले संखुवासभाको तुम्लीङटार,लम्सुवा र दिङ्ला हुदै ट्याम्के जोड्ने बैकल्पीक बाटो निमार्णका लागी संखुवासभा र भोजपुरका नेताहरु मिलेर अगाडि बढ्ने बताए ।

‘चार बर्षमा बितिसक्दा पनि अरुण नदीको पुल नबन्दा दुखि छु’ उनले भने । ढुङ्गा निक्लिएको बाहनामा काम नगर्ने ठेकेदारलाई राज्यले तत्काल कारवाही गर्नुपर्नेमा जोड़ दिए ।

ठेकेदारले गल्ती गरेको भए कारवाही होस् होइन भने त्यसको जिम्मेवारी राज्यले लिनुपर्छ हजारौं नागरिक आवत जावत गर्ने पुल अनेकौं बाहना बनाएर रोक्न मिल्दैन उनले भने ।

उता भोजपुरका युवा नेता उत्तम कुमार चापागार्ईले बैकल्पीक बाटोको व्यवस्था हुदाहुदै पनि सरकार उदासीन बनेको आरोप लगाए ।