
काठमाडौं, २९ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९४६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा २ हजार ५०३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको छ । यस्तै हालसम्म कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
अब नेपालमा ३६ हजार ४५३ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेका छन् । यस्तै १ हजार ५७ जना क्वरेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार २१५ पुगेको छ ।















प्रतिक्रिया