१ कार्तिक २०८३, आइतबार

कोरिया जान जेठ अन्तिम साता भाषा परीक्षा दिनुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidesh-abroadकाठमाडौं । कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ ग्ते सञ्चालन हुने भएको छ। सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो।
यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको खबर आजको अन्नपूर्णमा छापिएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो।
यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ । ईपीएसबाट परीक्षा लिन थालेपछि पहिलोपटक राजधानीबाहिर परीक्षा दिन पाइने भएको हो। यो छैटौं भाषा परीक्षा हो । भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ।
यसपटक काठमाडौं उपत्यकाका चार स्थान र बाहिर पाँच गरी कुल नौ स्थानबाट आवेदन फारम बुझाउन पाइनेछ। ईपीएस कोरिया शाखाका अनुसार उपत्यका बाहिर डडेलधुरा, बुटवल पोखरा, जनकपुर र धरानबाट आवेदन फारम बुझाउन सकिने छ।