२ कार्तिक २०८३, सोमबार

‘गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा’ नामक पुस्तक लोकार्पण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं २९, कात्तिक । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले शनिबार एक कार्यक्रमबीच ‘गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा’ नामक पुस्तक लोकार्पण गरेका छन् ।

चामुण्डा मन्दिर देवीको प्रांगणमा आयोजित कार्यक्रममा नगर प्रमुख चालिसेले पुस्तकको लोकार्पण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चालिसेले धार्मिक दृष्टिकोणले गोकर्णेश्वर नगरपालिका अत्यन्त प्रसिद्ध रहेको बताए ।

नगरपालिका भित्रका धार्मिक केन्द्रहरुको विकास विस्तारलाई आफूले उच्च प्राथमिकता दिएको नगरप्रमुख चालिसेको भनाइ छ । यस्तै नगर उपप्रमुख शान्ति नेपालले गोकर्णेश्वर नगरपालिकाको वास्तविक पहिचान नै यहाँका धार्मिक धरोहरहरु रहेको उल्लेख गरिन् ।

संस्कृतिविद् प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायत वक्ताहरुले संस्कृति तथा साहित्यको विकासविना समृद्ध नगरको परिकल्पना गर्न नसकिने धारणा व्यक्त गरे ।

गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका संयोजक वरिष्ठ पण्डित दिवाकरप्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा समितिका सहसंयोजक कुलप्रसाद पुडासैनी, गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नाराणबहादुर सुवेदी, वडा ननम्बर ६ का अध्यक्ष रमेश अर्याल, वडा नम्बर ८ का अध्यक्ष मनोज ढुंगाना लगायतका वक्ताहरुले नगरपालिकामा रहेका विविध धार्मिक गन्तव्यहरुको विकासका लागि भइरहेको गतिविधिबारे प्रकाश पारेका थिए ।