बाशिङ्टन, २९ कात्तिक । अमेरिकामा राष्ट्रपति चुनावको नतिजा आइसकेको छ ।
जो बाइडेनले चुनाव जित्ने लगभग निश्चित भइसकेको छ । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म आफ्नो हार स्विकार गरेका छैनन् । अब फक्स न्यूजको एक खबरमा बताइए अनुसार ह्वाइट हाउसमा बाइडेनको स्वागतको तयारीको साटो ट्रम्पको दोस्रो कार्यकालको तयारी गरिँदैछ । अमेरिकामा २० जनवरीमा राष्ट्रपति पदको शपथ ग्रहण कार्यक्रम छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले शुक्रबार प्रशासनमा को रहन्छ, यसको प्रतिक्षा गर्नुहोस् भनेका छन् । यद्यपि, उनले यसबारे थप जानकारी भने दिएका छैनन् ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस