
काठमाडौं, २९ कात्तिक । कोरोना संक्रमित डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले डा. केसीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।















प्रतिक्रिया