२ कार्तिक २०८३, सोमबार

बाटो खुलेसँगै बामदेव गौतमलाई मन्त्री बनाउने बालुवाटारको तयारी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बनाउने तयारी बालुवाटारले गरेको छ ।

सर्वोच्च अदालतले गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न तथा मन्त्री बन्न सक्नेसम्मको बाटो खुला गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्रिमण्डलमा समावेश गर्ने तयारी भइरहेको बुझिएको छ ।

स्रोतका अनुसार बालुवाटारले गौतमलाई रक्षामन्त्री बन्न अफर गरेको छ । तर, गौतमले भने कुनै निर्णय दिएका छैनन् । पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले सम्हाल्दै आएको सो मन्त्रालय अहिले प्रधानमन्त्री स्वयम्ले राखेका छन् ।

यसअघि उपप्रधान तथा गृहमन्त्री बनिसकेका गौतमलाई अब रक्षामन्त्रीको जिम्मेवारी दिने तयारी बालुवाटारको छ । उनलाई मन्त्रिपरिषद्मा समावेश गरेपछि सचिवालयका साथै पार्टी संगठनमा आफू बलियो बन्ने अपेक्षा प्रधानमन्त्रीको रहेको बुझिएको छ ।

तर, गौतमले भने आफू तत्काल मन्त्री बन्ने तयारीमा नलागेको र आफ्नो अडान कायमै रहेको बताउँदै आएका छन् । उनी संविधान संशोधन गरेर भए पनि आफूलाई राष्ट्रियसभा सदस्यबाटै प्रधानमन्त्री बनाउनुपर्ने अडानमा छन् ।

गौतम भने आफू यसपटक प्रधानमन्त्री ओलीको कुनै पनि प्रलोभनमा नलोभिने बताउँदै आएका छन् ।

यद्यपि, लामो समयदेखिको रस्साकस्सीबीच शुक्रबार सचिवालय पनि बसेको छ । उक्त बैठकले विषयमा प्रवेश नगरे पनि आगामी मंसिर ३ गते बुधबारका लागि अर्को बैठक आह्वान गरिएकाले उक्त बैठकमा यस विषयमा पनि छलफल हुने बताइएको छ ।