
काठमाडौँ, २८ कात्तिक । सत्तारुढ नेकपाको शुक्रबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रश्न गरागर भएको छ ।
आफूमाथि प्रश्न गर्ने अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई प्रधानमन्त्री ओलीले आफ्नो जिम्मेवारी कति पूरा गर्नुभयो भनेर प्रश्न गरेका छन् ।
ओलीले प्रचण्डलाई आफ्नो भागमा परेको ‘१५ दिनमा सक्ने भनिएको एकीकरणको काम कहाँ पुग्यो ? के मेरा कारण हुन नसकेको हो ?’ भनि प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री ओलीले प्रचण्डलाई लेखेको पत्रमा ‘आफ्नो मान र अभिमान, नियुक्ति र भर्तीका विषयमा बहस गर्ने, आक्रोश पोख्ने र चित्त दुखाउनेभन्दा अरु कुनै विषयमा छलफल गर्न रुची राखेका छौँ र ?’ भनिएको छ
प्रधानमन्त्री ओलीले आगामी चुनावबाट आफू प्रधानमन्त्री नबन्ने बताएको स्मरण गराउँदै सहज तरीकाले नेतृत्व हस्ताण्तरण किन बाधा गरेको भनेका छन् ।
‘महाधिवेशन प्रतिनिधिबाट चुनिने र आगामी चुनावसम्म नेकपाको भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास टुटिसकेको त होइन ? होइन भने किन सधैँभरि सरकार परिर्वतनको दौडधूप ?,’ ओलीको प्रश्न छ ।















प्रतिक्रिया