
काठमाडौँ, २८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
बिहीबार सचिवालय बैठक बोलाउनेबारे अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे सचिवालय बैठक बोलाएका थिए ।
पार्टी एकताका लागि एकमत भएका नेतृत्वले विवाद समाधानका निम्ति बैठक बसेको अनुमान गरिएको छ । यद्यपि अध्यक्ष प्रचण्डसहित केही सचिवालय सदस्य नेताहरुले खुमलटारको भेलापछि एउटै रणनीतिले प्रस्तुत हुने तय गरेका थिए ।
बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।
यस्तै प्रधानमन्त्री ओली समूहले पनि बैठकमा प्रस्तुत हुन आफ्नो रणनीति तय गरेको बुझिएको छ । फुटको संघारमा पुगेको नेकपाको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
बैठकले कस्तो निष्कर्ष निकाल्छ भन्नेमा नेकपा नेता, कार्यकर्ता तथा अन्य धेरैको जिज्ञासा रहेको छ ।















प्रतिक्रिया