
काठमाडौं, २८ कात्तिक । लामो रस्साकस्सीबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ ।
बिहीबार महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजे सचिवालय बैठक बोलाएका थिए । लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका हुन् ।
आजको बैठकमा नेकपाभित्रको विवादका विषयमा छलफल हुने छ ।
पार्टीभित्र विवाद चुलिएको बेला भएको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।















प्रतिक्रिया