
पाल्पा, २८ कात्तिक । पाल्पामा विगत १० दिनदेखि बेपत्ता रहेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पूर्वखोला गाउँपालिका–२ जल्पाका ४५ वर्षीय केहर सिँ दर्लामी मृत अवस्थामा फेला परेका हुन् ।
दर्लामी शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए । उनको शब घरदेखि ३ किलोमिटर पश्चिमतर्फ जंगलमा फेला परेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया