२ कार्तिक २०८३, सोमबार

६ लाख ८४ हजार नक्कली नोटसहित तीन जना पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, २८ कात्तिक । जिल्लाको गोलबजार नगरपालिका–६ बाट ६ लाख ८४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुबाट १ हजार दरका ६ लाख ८४ हजार नक्कली नोट, १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्लाष्टिकको फोल्डिङ टेबल र च्यातिएको नक्कली नोट कागजका टुक्राहरु सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–६ डेरा गरी बस्ने कल्याणपुर नगरपालिका–७ भेडिया बस्ने २५ वर्षीय बिमलेन्द्र नायक, गोलबजार नगरपालिक–१२ बेतौना बस्ने २५ वर्षीय धिरज राय र सोही ठाउँ बस्ने २० वर्षीय संजय राय रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।