२ कार्तिक २०८३, सोमबार

२ जना महिलालाई आफ्नै खर्चमा विदेश पठाउन खोज्ने ३ जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । दुई जना महिलालाई आफ्नै खर्चमा वैदेशिक रोजगारीमा पठाउन खोज्ने ३ जना पक्राउ परेका छन् ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरूमा कास्की मादी गाउँपालिका–१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखाल नगरपालिका–४ तामाघाट बस्ने २६ वर्षीय आशिष भुजेल र कास्की पोखरा महानगरपालिका–४ बगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ छन् ।

उनीहरूले ती महिलाहरूलाई पोखरा महानगरपालिका–६ लेकसाईडस्थित कोठामा बन्धक बनाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराउने उद्देश्यले शारीरिक तथा मानसिक यातना समेत दिएको प्रहरीको भनाइ छ ।

सोही क्रममा रकमको मोलमलाई गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत ८ दिनको म्याद थप गरी अनुसन्धान भइहेको साथै पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।