२ कार्तिक २०८३, सोमबार

अमेरिकाले नेपाललाई दियो १०० थान भेन्टिलेटर सेट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । अमेरिकी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १०० थान भेन्टिलेटर सेट हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रांगणमा शुक्रबार भएको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १०० थान आधुनिक पोर्टेबल भेन्टिलेटर हस्तान्तरण गरेको हो ।

मन्त्री ढकालले भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिए । ‘कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ’, मन्त्री ढकालले भने, ‘नेपालमा अहिले भइरहेको भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक दिएको छ यसका लागि नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’

मन्त्री ढकालले विगतमा पनि अमेरिकाले नेपालमा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग शुक्रबारबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताए । उनले सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि ७/७ वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा २/२ वटाको दरले वितरण गरिएको जानकारी दिए ।

मन्त्री ढकालले कोरोना विरूद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुने भन्दै कोभिड–१९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षा गरेका छन् । उनले कोरोना परीक्षणमा सहयोगी जीन एक्सपर्ट विगतमा पनि ७ हजार सहयोग गरेको स्मरण गर्दै फेरि पनि त्यस्तो सहयोग हुने अपेक्षा व्यक्त गरे ।

सो अवसरमा अमेरिकी राजदूत बेरीले असल र खराब दुबै समयमा अमेरिका नेपालको साथमा रहेको बताए । ‘असल र खराब दुबै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिवद्ध छ । यी भेन्टिलेटर मार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौं जसले गर्दा कोभिड–१९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून्’, बेरीले भने ।