
डोटी, २८ कात्तिक । सुदूरपश्चिम प्रदेशकै ठूलो तथा महत्वपूर्ण मानिने बडिकेदार मेला यो वर्ष नहुने भएको छ ।
कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै सो मेला स्थगित गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बडिकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभर यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले तिहारको देउसीभैलोदेखि ठूला मेलापर्वहरु नमनाउन तथा त्यस्ता मेलामा नजान स्थानीयवासीलाई आग्रह गरेको छ ।
गाउँपालिकाले एक सूचना प्रकाशित गरी गाउँपालिकाभित्र मनाइने प्रसिद्ध बडिकेदार मेला, अलाणी मेला, धिर्काणी मेलालगायतका मेलापर्व मनाउन रोक लगाइएको जनाएको छ ।
मनले मागेको वर प्राप्त हुने विश्वास राखिँदै आएको मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत बर्सेनि भक्तजनहरु दर्शन गर्न तथा आफ्नो भाकल गर्न आउने गरेका छन् ।















प्रतिक्रिया