भानु, २८ कात्तिक । प्रतिनिधीसभाका सदस्य तथासांसद कृष्णकुमार श्रेष्ठको विषेश पहलमा तनहुँ जिल्लाको भानु नगरपालिका वडा नं ३, खहरेमा नगरपालिकास्तरीय औधोगिक ग्राम बन्ने भएको छ ।
खहरेपछाडी रहेको ४७ रोपनी क्षेत्रफलमा नगरस्तरीय औधोगिक ग्राम बनाउनका लागि यहि कात्तिक २७ गतेको मन्त्रिपरिषदको बैठकवाट १ करोड रुपियाँ वजेट विनियोजन गरिएको हो ।
नगपालिकामा वसोवास गर्ने कृषकहरूले उत्पादन गर्ने स्थानीय उत्पादनहरू धान, मकै, कुखुरा बाख्रा लगायत उत्पादनसँग जोडिएको वस्तुहरूको वजारीकरणका लागि औधोगिक ग्राम स्थापना गर्न लागिएको हो । कृषक र उपभोक्ताका वीचमा उत्पादन वस्तु खरिद विक्रीका लागि औधोगिक ग्रामले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
आर्थिक वर्ष ०७७।०७८ को वजेटबाट खर्च हुने गरि हालका लागि १ करोड वजेट विनियोजन गरिएको र आवश्यकता अनुसार यो वजेट थप निकासा हुने सांसद किसान श्रेष्ठले जानकारी दिए ।
कृषकद्वारा उत्पादित वस्तुकोे विक्रीका लागि सहज वातावरण वनाउने र खरिद गर्ने उपभोक्ताले पनि एकैठाउँबाट समान खरिद गर्ने भएमा कृषकले पनि वजारीकरणका लागि समस्या नहुने सासंद श्रेष्ठले जानकारी दिए ।
यसअघि पनि तनहुँको वन्दिपुर गाँउपालिका र आवुखैरेनी गाउँपालिकामा पनि गाउँस्तरीय औधोगिक ग्रामको काम शुरु भइसकेको छ ।