
धनगढी, २८ कात्तिक । कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा सहायता कक्ष स्थापना गरिएको छ । बीमा बोर्डले सञ्चालनमा ल्याएको यो पहिलो सहायता कक्ष हो ।
दक्षिण कोरियाली सहयोग नियोग (कोइका) को सहयोग, नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको समन्वय र जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा सहायता कक्षको बिहीबार उद्घाटन गरिएको हो ।
कक्षको उद्घाटन जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरी, स्वास्थ्य निर्देशनालयका डाक्टर भुषण मिश्र, बिमा बोर्डका प्रदेश संयोजक जनकबहादुर साउदले संयुक्त रुपमा गरे ।
सो अवसरमा गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले सहायता कक्षले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए । उनले भने– अहिले बीमाबारे धेरै मानिसलाई जानकारी छैन । त्यसैले अधिकांश कार्यक्रममा समावेश हुन सकेका छैनन् ।
उनले सहायता कक्षमा बिमितका गुनासाहरूको पनि सम्बोधन गर्न मद्दत पुग्ने बताए ।















प्रतिक्रिया