७ कार्तिक २०८३, शनिबार

जिल्ला प्रशासन कार्यलय सुर्खेतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कात्तिक २७ गतेदेखि कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको विज्ञप्तिमार्फत जनाएको छ ।