काठमाडौं, २८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
बालुवाटारमा सचिवालय बैठक दिउँसो ४ बजे बस्नेछ । महासचिव विष्णु पौडेलमार्फत् सचिवालय बैठक तय भएको हो ।
नेकपाको विधानमा सचिवालय बैठक दुई अध्यक्षको परामर्शमा महासचिवले बोलाउने व्यवस्था छ ।
दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बोलाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग लिखितरुपमा आग्रह गरेका थिए ।
बैठकको एजेन्डा र छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार र अध्यक्ष प्रचण्डले खुमलटारमा बिहीबार आफू निकट नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन ।
राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलगायत कारण नेकपाभित्रको विवाद चुलिँदै गएको छ ।











प्रतिक्रिया