६ मंसिर २०८३, आइतबार

धनतेरस र काग तिहार मनाइँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । आज काग तिहार र धनतेरस मनाइँदैछ ।

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा कागलाई मीठो मीठो खानेकुरा खान दिइन्छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज काग तिहार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताएका छन ।

कागलाई सन्देशवाहकका रुपमा पूजा गर्ने गरिन्छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा हुनेगर्छ ।

हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने बिहीबार बेलुकादेखि शुरु भएको छ ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक बिहीबार बेलुकीदेखि नै सुरु भएको हो ।

गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आज मनाइँदैछ । धनतेरसमा गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भएर बस्ने मान्यता छ ।