६ मंसिर २०८३, आइतबार

मुस्लिम आयोगका अध्यक्षसँग कतारका राजदूतद्वारा भेटवार्ता

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अलहालीले भेटवार्ता गरेका छन् ।

ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालयमा बिहीबार भएको भेटवार्तामा नेपालमा मुस्लिम समुदायको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा सहयोग गर्ने सम्भावनाका बारेमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष अन्सारी र राजदूत अलहालीबीचको भेटावार्तामा आयोगकी सचिव सुनिता नेपालको पनि उपस्थिति रहेको थियो ।