२ कार्तिक २०८३, सोमबार

फेसबुकबाट नाबालिकालाई अश्लिल सन्देश र तस्वीर पठाउने अखिल पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । सामाजिक सञ्जाल फेसबुकबाट नाबालिकालाई यौनजन्य अश्लिल सन्देश र तस्वीर पठाउने एक युवक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ का २० वर्षीय अखिल नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । नेपालीले फेसबुकमा फेक आईडी बनाएर बालिका दरवारमार्ग (परिवर्तित नाम) लाई यौनजन्य, अश्लिल सन्देश तथा तस्वीर पठाउने, बालिकाहरुको बारेमा यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गर्ने गरेको प्रहरीले बताएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएकाले उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनलाई पक्रिन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको थियो ।