
काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेस धनुषाका पूर्वसदस्य, एवं महासमिति पूर्वसदस्य दिलिप सहगलको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।
मिर्गौला सम्बन्धी रोगबाट पीडित खजुरी गाउँनिवासी ६८ वर्षीय सहगलको मंगलबार काठमाडौंमा निधन भएको थियो । पार्टी संगठन र सामाजिक क्षेत्रमा क्रियाही रहँदै आएका सहगलको निधनबाट पार्टीले अपुरणीय क्षति व्यहोर्न परेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
बिहीबार एक शोक वक्तव्य जारी गर्दै पार्टीले उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको पनि जनाएको छ ।















प्रतिक्रिया