२ कार्तिक २०८३, सोमबार

रौतहटमा गोली हानी युवतीको हत्या

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रौतहट, २७ कात्तिक । रौतहटमा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ ।

जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकी आमा शौचालय गएको मौकामा अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ ।