९ कार्तिक २०८३, सोमबार

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित, शुक्रबार मात्रै बस्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । नेपाली काँग्रेसको बिहीबारलाई बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुनः स्थगित भएको छ ।

कात्तिक २७ गतेको बैठक कात्तिक २८ गते शुक्रबार दिनको १ बजेसम्मका लागि स्थगित गरिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए ।

पार्टीका उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाको पिसिआर परीक्षण गरिएको र रिपोर्ट नआएकाले बैठक शुक्रबारलाई सारिएको पौडेलले बताए ।

निधि र सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु केही दिनदेखि होम आइसोलेसनमा छन् ।

पार्टीभित्रको आन्तरिक विवाद तथा नेताहरुमा कोरोना संक्रमणले गर्दा बैठक पटकपटक सर्दै आएको छ ।