
काठमाडौँ, २६ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार २ सय ६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार २ सय ६१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
हाल काठमाडौँमा १७ हजार १ सय ६४, ललितपुरमा २ हजार ५ सय ६ र भक्तपुरमा १ हजार २ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् ।
देशभर वुधबार थप २ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण १ हजार ७४ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया