९ कार्तिक २०८३, सोमबार

वुधबार थप २५ सय ६९ जनामा कोरोना, २ लाख नाघ्यो संक्रमितको संख्या

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ६ सय ६६ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

मृतकको संख्या १ हजार १ सय ९ जना पुगेको छ ।