
काठमाडौँ, २६ कात्तिक । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष प्रचण्डले वुधबार एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।
‘विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी कमरेड मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेल्नुभएको भूमिका प्रशंसनीय छ । दिवगत कमरेड मरहठ्ठाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रचण्डले उल्लेख गरेका छन् ।
उनको बुधबार बिहान स्टार अस्पताल, ललितपुरमा निधन भएको हो ।















प्रतिक्रिया