९ कार्तिक २०८३, सोमबार

काठमाडौँ उपत्यकामा कोरोनाः करिब ९४ हजार संक्रमित, ४२५ को मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । काठमाडौँ उपत्यकामा पछिल्लो समय कोरोनाभाइरस संक्रमणको दर बढीरहेको छ । त्यस्तै, निको हुनेको दरसहित मृत्युदर पनि बढीरहेको छ ।

मानिसहरुको भीडभाड धेरै हुने स्थान भएकाले संक्रमण बढेको विज्ञहरुको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ लाख ९९ हजार ७ सय ६० जना संक्रमित भएका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै हालसम्म ९३ हजार ७ सय ७५ जना कोरोना संक्रमित भएका छन् । यो संख्या देशभर संक्रमितको करिब आधा हो ।

त्यस्तै, काठमाडौँ जिल्लामा मात्रै ७४ हजार ३ सय ४४ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार ८ सय ८४ र ललितपुरमा १० हजार ५ सय ४७ जना रहेका छन् ।

मुलुकभर १ हजार १ सय ४८ जनाको मृत्यु हुँदा उपत्यकामा मात्र ४ सय २५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये एक तिहाइ बढी उपत्यकाका रहेका छन् । त्यसमा पनि काठमाडौँमा मात्र २ सय ८० जनाको मृत्यु भएको छ भने भक्तपुरमा ७३ र ललितपुरमा ७२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, मानिसहरुको लापरवाहीले गर्दा संक्रमण समुदायस्तरसम्म फैलिएको विज्ञहरुको गुनासो गरेका छन् ।

काठमाडौँ उपत्यकामा अहिले २० हजार ६ सय ६० जना सक्रिय कोरोना संक्रमित रहेका छन् । देशभर अहिले ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आधाभन्दा बढी सक्रिय संक्रमितहरु सम्पर्कविहीन रहेका छन् । जसले गर्दा संक्रमण झन् तीव्रतर गतिमा फैलिइरहेको छ ।

त्यसैगरी निको हुनेको दर पनि उल्लेख्य रहेको छ । उपत्यकामा अहिलेसम्म ७० हजार ८ सय ९० जना कोरोनामुक्त भइसकेका छन् ।