९ कार्तिक २०८३, सोमबार

त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका थप ४ सहित ५ जना कोरोना संक्रमितको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोककी एक महिला र काठमाडौँका ४ जना पुरुष रहेका अस्पतालले जनाएको छ ।  ७४ वर्षीया ति महिलामा किड्नीको समस्या रहेको थियो ।

त्यस्तै, काठमाडौँका २ जना ६० वर्षीय, ५९ र ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुमध्ये ६० वर्षीय पुरुषमा प्रेसर, सुगर तथा किड्नीको समस्या रहेको अस्पतालले जनाएको छ । त्यस्तै, ७६ वर्षीय पुरुषमा कोलेस्ट्रोल, ६० वर्षीय पुरुषमा किड्नी र ५९ वर्षीय पुरुषमा दमको समस्या रहेको थियो ।