२ कार्तिक २०८३, सोमबार

कर्तव्य ज्यान मुद्दाका फरार गिरी १६ वर्षपछि पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् ।

झापा मेचीनगर नगरपालिका–७ आर्यावारीका ३३ वर्षीय हरि गिरी तथा सनोज गिरी भन्ने रामकुमार गिरीलाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं रानीबारी डेरा गरी बस्ने चितवन कठार घर भएका १८ वर्षीय जीवन लोहनीको २०६१ माघ १९ गते साँझ काठमाडौं सामाखुशीमा हत्या गरेको घटनामा संलग्न रहेको मुद्दामा जिल्ला अदालत काठमाडौं २०६४ असार ११ गतेको फैसलाले कैद सजाय ठहर भएको थियो ।

तर, फरार रहेका गिरीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनाराण नगरपालिका–७ बाट पक्राउ गरेको बताएको छ ।

उक्त घटनापश्चात गिरी केही समय विदेश समेत बसी पुनः नेपाल आई सनोज गिरीको नामबाट नेपालका विभिन्न स्थानमा लुकिछिपी बस्ने गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको उक्त महाशाखाले जनाएको छ ।