
काठमाडाैं, २५ कात्तिक । काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ थानकोटमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान साढे ४ बजेको समयमा बसले ठक्कर दिँदा बाजुराका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको हो ।
उनी तरकारी बेच्न हिँडिरहेका बेला पहेंलो रंगको बसले ठक्कर दिएको थियो । घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै मृत्यु भएको प्रहरीले बताएको छ ।
उनलाई ठक्कर दिने बसको नम्बर खुलेको छैन । एउटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।















प्रतिक्रिया