७ कार्तिक २०८३, शनिबार

महालक्ष्मी बैंक र एसआरएल डायगनोस्टिकबीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस.आर.एल. डायगनोस्टिक (नेपाल) प्रा.लि.सँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू तथा कर्मचारीहरूले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. मा उपचार गराउँदा प्रयोगशाला परीक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरू साथै कर्मचारीहरूले प्रयोगशालाका सम्पूर्ण परीक्षणमा १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।