काठमाडाैं, २५ कात्तिक । सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमणको परीक्षण तथा उपचार निःशुल्क गर्न निर्णय गरेकाे छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काेराेनाको लक्षण देखिएका बिरामीको उपचार तथा परीक्षण निःशुल्क गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले सरकारी अस्पतालमा समेत बिरामीकाे परीक्षण गर्दा शुल्क लिने र उपचार गर्दा बिरामीले धरौटी रकम राख्नुपर्ने निर्णय गरेसँगै विराेध भएकाे थियाे ।
सर्वोच्च अदालतले समेत कोरोना परीक्षणको शुल्क नलिन सरकारका नाममा परमादेश जारी गरेको थियाे ।











प्रतिक्रिया