९ कार्तिक २०८३, सोमबार

काठमाडौँ उपत्यकामा थपिए १४ सय २८ कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

संक्रमितमध्ये ६ सय ३० जना महिला र ७ सय ९८ जना पुरुष रहेका छन् ।

हाल काठमाडौँमा १५ हजार ९ सय २८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, भक्तपुरमा १ हजार १ सय ४३ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २ हजार २ सय ५९ जना रहेका मन्त्रालयले जनाएको छ ।

देशभर सोमबार थप २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण १ हजार १ सय २६ जनाको मृत्यु भइसकेको छ ।