९ कार्तिक २०८३, सोमबार

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २४ कात्तिक । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।

मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् ।

एक सातासम्म अस्पतालको सघग उपचार कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । –रासस