२ कार्तिक २०८३, सोमबार

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा खनालको उम्मेदवारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । व्यवसायी एवं लगानीकर्ता गोपाल खनालले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

महासंघको केन्द्रीय सदस्यमा दुई कार्यकाल बिताएका खनालले तेस्रो पटकका लागि उम्मेदवारी दिएका हुन् । निजी क्षेत्रको समस्या समाधान गर्न थप केही गर्ने सोचका साथ आफूले तेस्रो पटकका लागि उम्मेदवारी दिएको खनालले बताएका छन् ।

आसन्न निर्वाचनमा महासंघको केन्द्रीयय सदस्यका लागि वरिष्ठ उपाध्यक्षका उममेदवार चन्द्र ढकालको प्यानलबाट उम्मेदवारी दिएका खनालले महासंघमा पक्ष विपक्ष वा समूहगत कुरालाई भन्दा पनि योग्य र अनुभवीलाई नेतृत्त्वमा ल्याउनु पर्नेमा जोड दिएका छन् ।

काम गर्दै जाँदा अहिले आफू कुनै प्यानलमार्फत उम्मेदवारी दिएको देखिए पनि चुनाव सकिएपछि प्यानल स्वतः सकिने भएकाले प्यानलको राजनीति भन्दा व्यवसायीहरुको हकहितका लागि महासंघमा साझा नेतृत्त्वको आवश्यकता भएको उनले बताएका छन् ।

प्यानल अन्त्यका लागि महासंघको विधान संसोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिए पनि प्यानलको रोग अहिले वरिष्ठ उपाध्यक्षमा सरेको उनले बताए ।

हालै मात्र राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त भएका खनाल मेगा बैंकका संस्थापक सञ्चालक हुन् भने मेगा कलेजका प्रबन्ध निर्देशक समेत हुन् । व्यवसायलाई थप विस्तार गर्दै अगाडि बढेका खनालको विभिन्न कलेज तथा हाइड्रोमा समेत लगानी रहेको छ भने एशिया पब्लिकेशनका सञ्चालक समेत हुन् ।

महासंघको केन्द्रीय सदस्यका रुपमा आफ्नो दुई कार्यकाल बिताएका खनाल अहिले महासंघको शिक्षा र शीप विकास समितिको सभापति तथा बैंक, वित्तीय तथा बीमा समितिको उपसभापतिको जिम्मेवारीमा छन् ।