२ कार्तिक २०८३, सोमबार

दुई दिनमै २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, आजको मूल्य कति ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । शुक्रबारयता लगातार वृद्धि हुँदै आएको सुनको मूल्य सोमबार पनि बढेको छ ।

सोमबार ५०० रुपैयाँले वृद्धि भइ प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि ५०० रुपैयाँले वृद्धि भइ प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९७ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज सोमबार चाँदीको मूल्यमा समेत १० रुपैयाँले वृद्धि भर प्रतितोला मूल्य १ हजार २८५ पुगेको छ ।