
काठमाडौं, २४ कात्तिक । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको बताइएको छ । उनले सोमबार नै पदबाहाली गरेका छन् ।
उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।















प्रतिक्रिया