९ कार्तिक २०८३, सोमबार

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ कात्तिक । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष (अस्थाई) अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना–१ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनको आज दिउँसो मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनका आफन्तले उनलाई आजै अस्पताल ल्याएका थिए । पीसीआर नतिजा पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको डा.गौतमले बताए ।

मृतक पुरुषमा उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।