काठमाडाैं, २३ कात्तिक । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।
दुवै मिर्गौलाले काम गर्न छाडेका लामाको काठमाडौंमा उपचारका क्रममा आइतबार बिहान निधन भएको छोरी श्रमिक लामाले जानकारी दिइन् ।
लामा लामो समयदेखि नेकपा (एमाले)बाट राजनीतिमा सक्रिय रहेका थिए ।
लामापछि अशोक राईसँगै जातीय राजनीतिमा होमिएका छन् । एमालेबाटै २०५६ सालमा उनी मकवानपुर ३ बाट निर्वाचित सांसद हुन् ।
त्यसअघि २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति भएका थिए । मकवानपुर फाखेल निवासी लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए ।











प्रतिक्रिया