२ कार्तिक २०८३, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टरकाे जित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । उसले पहिलो हाफमा एक गोल खाएर दुई गोल गर्न सफल भयो भने दोस्रो हाफमा उसले थप दुई गोल गरेको हो ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३–१ ले पराजित गरेको छ । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा एडिन्सन काभानीले एक गोल गरे । एभर्टनका लागि बेर्नार्डले गोल गरे ।

जितपछि तेस्रो स्थानमा पुगेको चेल्सीको सात खेलबाट १५ तथा १४ औँ स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको सात खेलबाट १० अंक भएको छ । अरु खेलमा क्रिष्टल प्यालेसले लीड्सलाई ४–१ तथा वेष्ट ह्यामले फुलह्यामलाई १–० ले पराजित गरेका छन् ।