
काठमाडौँ, २२ कात्तिक । सल्यानमा जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा शनिबार बेलुका दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जीपमा सवार अन्य ५ जना सकुशल रहेका छन् ।
मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ का ३५ वर्षीय जीप चालक भीमबहादुर वली, १७ वर्षीय भीमराज बुढा र ६५ वर्षीय गजबहादुर बुढा रहेको प्रहरीले जनाएको छ ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया